२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

पौडी खेल्न गएका दुई युवकको डुबेर मृत्यु

draupadi film
सरु भुसाल
२०८१ चैत १६ गते २२:१३
पौडी खेल्न गएका दुई युवकको डुबेर मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थानका दुई युवाको पौडी खेल्ने क्रममा डुवेर निधन भएको छ । भूमिकास्थान नगरपालिका १० धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र सोही ठाउँका १७ वर्षीय अशोक नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख बिष्णु पौडेलले जानकारी दिए ।

वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा साथीहरु मिलेर पौडी खेल्न गएका ६ जनामध्ये दुई जनाले ज्यान गुमाएका हुन् । पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछिसँगै गएका साथीहरुले आफन्तलाई खबर गरेका थिए ।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछि अचेत भेटिएका दुवै जनालाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो । तर अस्पताल ल्याउँदासम्म उनीहरुको मृत्यु भइसकेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

ADV

सम्बन्धित खबर

Advertise