काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिमाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले काठमाडौं महानगरपालिकाले पठाएको जरिमाना पत्र बुझ्न अस्वीकार गरेपछि जरिमानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोली निर्मल निवासबाट त्यसै फर्किएको हो ।
चैत १५ गते काठमाडौंकाे तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह नै भएको ठहर गर्दै काठमाडौं महागरपालिकाले उनले ७ लाख ९३ हजार रुपैयाँ जरिमाना तिर्नुपर्ने निर्णय गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पत्र बुझ्न नमानेपछि महानगरले अब हुलाकबाट पठाउने तयारी गरेको छ ।