काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
१ बजे सुरु भएको बैठकमा विपक्षीहरूले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै नारावाजी गरेका थिए ।
विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएको थिएन ।