२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दुर्गा प्रसाईंले भने- ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ’

Nada
२०८१ चैत १७ गते १४:०१
Shares
दुर्गा प्रसाईंले भने- ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ’

काठमाडौं : राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । 

ncell

अज्ञात स्थलबाट एक भिडियो सन्देश जारी गर्दै प्रसाईंले भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

आफ्नो हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ ।

उनले भिडियोमा आफू हत्यारा र बलात्कारी नभएको उल्लेख गर्दै भागेर कहीँ पनि नजाने बताएका छन् । 

जनताको मुक्तिका लागि लडाइँ जारी राख्ने उनको आशय छ । नागरिक बचाउ महाअभियान नामक फेसबुक पेजबाट प्रसाईंको भिडियो सार्वजनिक भएको हो ।

१५ चैतमा काठमाडाैंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन् ।

ताजा खबर

सम्बन्धित खबर