२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमितिको अधिवेशन हुँदै

draupadi film
मध्यान्ह
२०८१ चैत १७ गते १४:३०
नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमितिको अधिवेशन हुँदै

क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा जोहोर क्षेत्रीय समिति मलेसियाको तेसो अधिवेशन हुने भएको छ ।

'विश्वभरि छरिएर रहेका तामाङहरू एक हौं' भन्ने मूल उद्देश्यका साथ क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशन अगामी अप्रिल ६ तारिकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय कार्यसमितिको सभाहलमा हुने भएको हो ।

जोहोर क्षेत्रीय कार्यसमिति विगत लामो समयदेखि निष्क्रिय रहेको थियो । समितिलाई पुन: सक्रिय बनाउनका लागि अधिवेशन गर्न लागिएको आयोजक कमिटीले जानकारी दिएको छ ।

कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय समिति मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोको प्रमुख आतिथ्यता रहने छ भने घेदुङ मलेसियाका अध्यक्ष बिक्रम वाईबा तामाङको विशेष आतिथ्यता रहने अधिवेशन संयोजक मंगल दोङ तामाङले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति रहने पनि उनले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise