पारस रेग्मी/मध्यान्ह
चितवन : चितवनको राप्ती नगरपालिकाको विभिन्न स्थानमा लगाइएको अबैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिका वडा नं. ११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं. १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला क्षेत्रमा लगाइएक थुप्रै करिब ५० बिगाहा क्षेत्रफलको अबैध गांजा खेती नष्ट जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले बताए ।
दुई जना प्रहरी निरीक्षक सहित ५० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक १ जनासहित २१ जना सशस्त्र प्रहरी समेतको संयुक्त एलआरपी टोली परिचालन भई सो क्षेत्रमा लगाइएको अन्दाजी ३६ लाख मूल्य बराबरको गाँजाको विरूवाहरू फडानी गरि नष्ट गरेकाे हाे। दुई दिनसम्म प्रहरीहरु सोही गाउँमा बसी गांजा खेती नष्ट गरि स्थानीयबासीहरुसँग गाजा खेतीबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत समेत बनाउने भुमिका प्रहरी प्रमुख गुरुङले बताए।
लागु पदार्थ उत्पादन, बेचबिखन र ओसारपसार बारेको कुनै पनि जानकारी प्रहरीलाई दिन पनि उनले आग्रह गरे । जिल्ला प्रहरी कार्यालयको परिचालन कक्षको नं. ९८५५०९०१३३ वा हट लाइन १०० मा फोन गर्न सकिने उहनले जानकारी दिए । त्यस्तै सुचना वा जानकारी परिचालन कक्षको कलर आइडी नभएको फोन नंबर ०५६५२०१५५ मा आफ्नो परिचय गोप्य रहने गरी सूचना दिन समेत सकिने उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies