पोखरा : गण्डकी प्रदेश सरकारले २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको छ ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले ४ दिने थप बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालले जानकारी दिए ।
सरकारले निर्णय राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । उपसचिव ढकालका अनुसार भानु जयन्तीका दिन २९ असार आइतबार, कोजाग्रत पूर्णिमाका दिन २० असोज सोमबार, गण्डकी प्रदेश स्थापना दिवस २२ माघ बिहीबार र चैते दशैं २०८२, १२ चैत बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको छ ।
गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा लागु हुने उपसचिव ढकाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
प्रदेश सरकारीले यो वर्ष २२ मंसिरमा प्रदेश स्थापना दिवस मनाउँदा अघिल्लो दिन मात्र बिदाको निर्णय गरेको छ । अघिल्ला वर्षहरूमा प्रदेश सभा र प्रदेश स्थापना दिवस अलग मनाउँदा ४ फागुन सरकारले बिदा दिने गरेको थियो । प्रदेश सरकारले ६ दिन थप बिदाको निर्णय गर्न पाउने प्रावधान छ ।