२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

धवलशमशेर र रवीन्द्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति

Nada
२०८१ चैत १७ गते १९:०१
Shares
धवलशमशेर र रवीन्द्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

ncell

न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई  राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । 

शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

आन्दोलनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर