काठमाडौं : इस्लाम धर्मावलम्बीहरूले आज इद इद–उल–फित्र मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो । उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन् ।
केही मुस्लिमले ‘इद-उलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन् । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।
यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘इद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।