एजेन्सी : भारतमा कृषि कानूनको विरोधमा जारी प्रदर्शन थप चर्किंदै गएको छ । विभिन्न बाधा र झडपका बीच अलग अलग राज्यबाट किसानहरु दिल्लीतर्फ अघि बढेका हुन् ।
नयाँ कृषि कानूनको विरोधमा किसानको प्रदर्शनले विशाल रुप लिएको हो । नयाँ कानुनमा कृषि क्षेत्रमा पूँजीपति या व्यसायिक घरानालाई सुम्पिने नियत रहेको र त्यसले किसानको कुनै पनि अर्थमा हित नहुने किसान संगठनको आरोप छ ।
हरियणाबाट पचास हजारको संख्यामा किसान दिल्लीतर्फ हिँडेका छन् । दिल्ली जाँदै गरेका किसानलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । प्रहरी टोलीले किसानलाई पानीको फोहोरा, टियर ग्यास र रबरका गोली समेत प्रहार गरेको छ ।
प्रहरीले प्रदर्शनमा सहभागी किसानलाई फिर्ता पठाउन बल प्रयोगसहितका कोशिश गरे पनि सफल भएको छैन । आन्दोलित किसानहरुले सडकमै रात बिताएका छन् । उत्तर प्रदेश, उत्तराखण्ड, राजस्थान, केराला र पन्जाबका किसानहरु प्रदर्शनमा सहभागी छन् ।
उनीहरुले केन्द्र सरकारसँग विभिन्न माग राख्दै दिल्लीसम्म मार्च गरिरहेका हुन् । सत्तारुढ दल भारतीय जनता पार्टीले भने प्रतिपक्षी दल कंग्रेसलाई आफ्नो स्वार्थका लागि किसानलाई उचालेको आरोप लगाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies