सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मीको इस्मा गाउँपालीकामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । बिहान इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी प्रविण श्रेष्ठका अनुसार मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी ,१९ वर्षिय फर्सुराम थापा र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् । दुर्घटनामा परी इस्मा गाउँपालिका-४ का १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङ घाइते भएका छन् ।
चालक र सह–चालक भने शकुसल रहेको बताइएको छ । चालक र सह- चालककाे लापरबाहीका कारण गाडी दुर्घटना भएको अनुमान स्थानीयले गरेका छन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies