काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लंघन गरेको भनेपछि राप्रपाले विरोध जनाएको छ ।
सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लंघन गरेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यस लगतै राप्रपाले विरोध जनाएको हो ।
राप्रपाले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई संसद् रेकर्डबाट हटाउन पनि माग गरेको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले 'कथित' भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् । त्यसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जानकारी संसद्लाई गराएका छन् ।