२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

तीनकुने घटनामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैन : मनिष झा

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते १४:१२
तीनकुने घटनामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैन : मनिष झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले तीनकुने घटनामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तीनकुने प्रदर्शनमा गृह प्रशासनले जम्मा चार हजार मान्छे आएको भनेको भन्दै त्यो संख्या किन सम्हाल्न सकिएन भनेर सरकारमाथि प्रश्न गरेका हुन् ।

उनले भने, ‘चैत्र १५ गतेको घटनामा कुनै  एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन । प्रधानमन्त्रीज्यूले अघिल्लो दिन १०–१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो । तर गृह प्रशासनले चार हजार मान्छे किन सम्हाल्न सकेन ? सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ । भिडिओ अहिले छ्याप्छ्याप्ती छ । यसमा प्रश्न उठ्दैन ।’ 

साथै उनले यस घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताए । उनले पत्रकार सुरेश रजक पनि कोठाको कुनामा जलेर मृत्युवरण गर्नु परेको भन्दै त्यसमा पनि शंका गर्ने यथेष्ट ठाउँ रहेकाले सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise