२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

तौलिहवामा ज्ञान महायज्ञ सुरु

shivam cement
मध्यान्ह
२०८१ चैत १८ गते १५:१७
तौलिहवामा ज्ञान महायज्ञ सुरु

कपिलवस्तु : कपिलवस्तुको धार्मिक पर्यटक वृद्धि र शान्ति स्थापनाका लागि तौलिहवामा चैत्राष्टमीको अवसर पारेर श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।

तौलिहवास्थित श्री बुद्ध पद्यम माबिको खेल मैदानमा २५ चैतसम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन १ हजार ८ कलशसहित प्राचीन बाणगंगा नदीको रामघाटबाट महायज्ञस्थलसम्म हात्ती, रथ, झाँकी र बाजागाजा सहित तथा शोभा यात्रा गरिएको थियो । 

श्रद्धालुहरू कलश तथा शोभा यात्रामा सरिक भई महायज्ञका लागि जल लिन रामघाटमा पुगेका थिए । ९ दिनसम्म चल्ने महायज्ञमा अयोध्यास्थित मानव धर्म स्थान संस्थानका अध्यक्ष आचार्य पण्डित रमोज वत्स जी महाराजबाट दैनिक कथा वाचन हुने आयोकजकले जनाएको छ । 

त्यसैगरी आचार्य राजेश जी महाराज, आचार्य कमलेश जी शास्त्री, आचार्य सत्यम जी महाराज, आचार्य पण्डित ऋतुराज शास्त्री जी लगायतले दैनिक सङ्गीत भजन, गीत प्रणायाम, यज्ञ मण्डपमा पूजा तथा हवन, महाआरती, सङ्गीतमय राम कथा, धार्मिक लिला एवं झाँकी प्रदर्शन गर्ने छन् ।

महायज्ञको पूर्णाहुती तथा हवन २४ चैत्रमा हुने छ । प्रसादग्रहणसहित समापनको कार्य २५ चैत्रमा गरिने मूल समारोह समितिले जनाएको छ । साउन महिना कावर जलयात्रामा सरिक हुने श्रद्धालुको संख्या बढेका भन्दै अहिले सञ्चालन गरिएको महायज्ञले समेत धार्मिक पर्यटन बढ्ने मूल समारोह समितिका सदस्य गणेशलाल कर्णले बताए । 

उनले महायज्ञलाई तत्कालका लागी ५ बर्ष सम्म निरन्तरता दिने योजना रहेको पनि बताए ।

राम कथामा प्रस्तुत हुने रामको आदर्श, भरतको भातृत्व र सीता माताको निष्ठाले समाजलाई सकारात्मक मार्गमा डो¥याउने उनले बताए । महायज्ञले सनातन धर्म संरक्षण तथा भातृत्व र मेलमिलापको सन्देश दिने महायज्ञ मूल समारोह समितिका अध्यक्ष वीरेन्द्र चौधरीले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise