२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन : ६५ प्रतिशत मत खस्यो

draupadi film
कुलेन्द्र शाही
२०८१ चैत १८ गते १८:२७
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन : ६५ प्रतिशत मत खस्यो

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सम्पन्न भएको छ ।

सोमबार बिहान ९:१५ बजेदेखि विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सुरु भएको मतदान ५ बजे सम्पन्न भएको हो । मतदानमा ४ हजार ३८३ मतदातामा  ६५ प्रतिशत अथार्त २ हजार ८६२ मत खसेको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले मध्यान्हलाई जानकारी दिए ।

उनका अनुसार ३५ प्रतिशत विद्यार्थी (मतदाता) मतदानमा उपस्थित नभएका हुन् । उनले भने, 'मतदान समयमै सुरू नभएपनि मतदान कार्य समयमै ५ बजे सकिएको छ । त्यसमा जम्मा २८६२ अथार्त ६५ प्रतिशत मत खसेको छ ।' उनले सकेसम्म आजै मतगणना गर्ने तयारी गरेको जानकारी दिए। 

स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । 

दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्यसमितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।

ADV

सम्बन्धित खबर

Advertise