२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट, दोषीमाथि कडा कारबाही गर्ने आश्वासन

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते १८:४३
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट, दोषीमाथि कडा कारबाही गर्ने आश्वासन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए । 

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

ADV

सम्बन्धित खबर

Advertise