रौतहट : इद पर्वको अवसरमा रौतहटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दिलीप घिमिरे, प्रहरी निरीक्षक उमाशंकर गुप्तासहित स्थानीय बुद्धिजीवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समुदाय–प्रहरी सम्बन्धलाई अझै मजबुत बनाउने तथा आपसी सद्भाव बढाउने उद्देश्यले आफुहरु कार्यक्रममा सहभागी भएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।
कार्यक्रममा घिमिरेले आफ्नो १२ महिने कार्यकाल पूरा गर्न लाग्दा रौतहटमा शान्ति सुरक्षामा महत्वपूर्ण सुधार आएको पनि बताए ।
राजपुर नगरपालिका वडा ५ स्थित मद्रसा महमुदियाको व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद आलम, उपाध्यक्ष साह महमद, प्रधानाध्यापक मुफती ममताज आलम तथा स्थानीय व्यक्तिहरूले प्रहरी उपरीक्षक घिमिरेलाई इद मिलनमा भव्य स्वागत गरेका थिए ।