२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते २१:३९
कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएपनि अन्तिम निर्णय हुन सकेको छैन । मंगलबार भएको सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबार दुवै पक्षको सुनुवाइ भएको थियो । सो अवसरमा कुलमान घिसिङको पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, माधव बस्नेत लगायतले बहस गरेका थिए । तर, हितेन्द्रदेव शाक्यको तर्फबाट भने बहस हुन बाँकी रहेकाले मुद्दा थप प्रक्रियाका लागि ‘हेर्दाहेर्दैमा’ राखिएको हो ।

यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि पेशी तोकिएको थियो, तर कार्यसूचीमा परे पनि सुनुवाइ हुन सकेको थिएन । अब बिहीबार हितेन्द्रदेव शाक्यको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले बहस गर्नेछन् । साथै, सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश वडाल सहितका कानुन व्यवसायीले आफ्नो तर्क प्रस्तुत गर्ने कार्यक्रम छ ।

बुधबारको बहसपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise