२०८१ चैत २५ गते सोमवार / Apr 07 , 2025 , Monday
२०८१ चैत २५ गते सोमवार
Ads

बारमा सत्तापक्ष र प्रतिपक्षको प्रतिस्पर्धा 

draupadi film
मध्यान्ह
२०८१ चैत २० गते ०७:३७
बारमा सत्तापक्ष र प्रतिपक्षको प्रतिस्पर्धा 

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनमा सत्तापक्ष र प्रतिपक्षी वकिलले समूह नै बनाएर भिडन्तमा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि २५ चैतमा देशभर एकैसाथ हुने निर्वाचनमा लोकतान्त्रिक–प्रगतिशील र व्यावसायिक समूहका नाममा प्रतिस्पर्धा हुने भएको हो ।  

लोकतान्त्रिक–प्रगतिशील समूहमा कांग्रेस–एमाले र राप्रपा समर्थित कानुन व्यवसायीहरूले संयुक्त समूह बनाएका छन् । नेपाली कांग्रेस निकट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र नेतृत्वको सो समूहमा नेकपा एमाले निकटको प्रगतिशील समूहबाट केदार कोइराला महासचिवका उम्मेदवार छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसिएसन (पीपीएलए)ले वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको नेतृत्वमा समूह बनाएको छ । उक्त समूहमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चका यज्ञमणि न्यौपानेले महासचि पदमा उम्मेदवारी दिएका छन् । 

दुवै समूहका एजेन्डामा न्यायपालिकाको संरचनागत रूपान्तरणदेखि कानुुन व्यवसायीका विकृति–विसंगतिका विषयहरूले प्राथमिकता पाएका छन् । लोकतान्त्रिक–प्रगतिशील समूहका अध्यक्ष उम्मेदवार विजयप्रसाद मिश्रले नवोदित कानुन

व्यवसायीहरूको हक प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा बारको उपस्थितिसहितका विषय आफ्ना मुख्य एजेन्डा रहेका बताए । कानुन व्यवसायीहरूको क्षमता विकास, पेसागत दक्षतामा आफ्नो समूहको जोड रहने उनको भनाइ छ ।  

संविधानमै उल्लेखित नागरिक संस्थालाई पहरेदारको भूमिकामा सशक्त बनाइने उक्त समूहबाट महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार कोइरालाले बताए । 

व्यावसायिक समूहको नेतृत्व गरेका रमनकुमार श्रेष्ठले नेपाल बारको सांगठनिक पुनर्संरचना, कानुन व्यवसायीको क्षेत्र विस्तार र उनीहरूको सामाजिक सुरक्षाका लागि विभिन्न कोष खडा गर्ने एजेन्डा रहेका बताए ।

‘कानुन व्यवसायीहरू विगतमा पनि आस्थाका आधारमा प्रभावित भएका थिएनन्, अब पनि हामी आस्थाका आधारमा प्रभावित हुँदैनौं’, उनले भने, ‘कानुन व्यवसायीहरू एजेन्डाका आधारमा अघि बढ्ने पेसाकर्मीहरू हुन्, यस्तोमा राजनीतिक आस्था र दृष्टिकोण गौण हुन्छ ।’ वरिष्ठ र विज्ञहरूबाट नवोदितहरूलाई ज्ञान र सीप हन्तान्तरणका काम गर्ने उनको भनाइ छ ।

सो समूहका महासचिवका उम्मेदवार यज्ञमणि न्यौपाने नेपाल बार र न्यायपालिका मात्र नभएर दल निकटका कानुनी व्यवसायी संघ संगठनहरूमा चरम राजनीतिक हस्तक्षेप भएकाले त्यसको विरोधमा आफूले महासचिव पदमा उम्मेदवारी दिएको बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise