२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

himalayanlife
२०८१ चैत २० गते ११:१२
Shares
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी :  मालिका गाउँपालिका-५ र धवलागिरि गाउँपालिका-७ नम्बर वडाको सिमाना भएर बग्ने दाङ खोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।

धवलागिरि गाउँपालिका-७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । बि.सं.२०७५ मा दाङ खोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ ।

पुल निर्माण स्थल म्याग्दी खोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माण स्थलमा पर्दा सम्झौता लगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माण स्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझदारी नहुँदा निर्माण व्यवसायी न्यायिक निरूपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माणको काम सुरु नै नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कीस्वरुप प्रदान गरेको रु. ३३ लाख धरौटीबाट फिर्ता लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर