२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

इद तथा रामनवमीको अवसरमा शुभकामना आदान प्रदान

Nada
विनोद निगम
२०८१ चैत २० गते २०:४१
Shares
इद तथा रामनवमीको अवसरमा शुभकामना आदान प्रदान

नवलपरासी : इद, चैत दशैं तथा रामनवमीको अवसरमा पाल्हीनन्दन गाउँपालिकाको सभाहलमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्थानीय समुदाय, धार्मिक अगुवा, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

ncell

एकता अन्तर धार्मिक शान्ति सञ्जाल, पाल्हीनन्दनको आयोजना तथा पाल्हीनन्दन गाउँपालिकाको सहकार्य र यूनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित घरेलु हिंसा न्यूनीकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । एकता अन्तर धार्मिक शान्ति सञ्जालका उपाध्यक्ष ताजुद्दिन धुनियाँको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मिठाई एक अर्कालाई खुवाउँदै प्रमुख अतिथि अन्सारीले विविधता बीच एकताको सन्देश फैलाउन यस्ता अवसरहरूलाई अझ प्रभावकारी बनाउनु पर्ने बताएकी थिइन् । कार्यक्रममा वक्ताहरूले धार्मिक सहिष्णुता, एकता र मेलमिलापको भावना अझ सुदृढ पार्न यस्ता अवसरहरू उपयोगी हुने बताउँदै समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने भन्दै इद र रामनवमीको शुभकामना सन्देश आदान प्रदान गरेका थिए ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक डिएसपी बीरदत्त पन्थ, वार्ड अध्यक्ष गोधन हरिजन, जगदीशप्रसाद गुप्ता, प्रशासन शाखा प्रमुख नन्दलाल प्रजापति, परियोजना संयोजक कृष्ण पाण्डे, सम्पूर्नानन्द मिश्र लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार रंजीत शर्माले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर