काठमाडौँ : अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन् । उनी यही मंसिर २२ गते धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।
बुधवार विवाहको कार्ड सार्वजनिक भएपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेको पुष्टि भएको हो । विवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुने कार्डमा उल्लेख छ ।
श्वेताले चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । सो चलचित्रमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा देखिएकी उनले पछि अभिनेता श्रेष्ठसँगै २०७१ साल असार २३ विवाह गरेकी हुन् । तर, विवाह बन्धनमा बाँधिएको एक महिनापछि साउन २५ श्रीकृष्णको उपचारकै क्रममा निधन भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies