काठमाडौँ : पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको स्वरुप चिल्लो भए झैं त्यहाँ कार्यरत बिभिन्न निकायका कतिपय कर्मचारीको अनुहार पनि चिल्लों हुन पुगेको छ । एयरपोर्ट सूत्रका अनुसार त्यहा‘ दैनिकरुपमा भिजिट भिसाको सेटिङबाट प्राप्त हुने नजराना र कमिशनले उनीहरुको मुहार दिन दुई गुणा र रात चौगुणा चिल्लो भएको हो ।
मुलुकको ध्यान कोभिड समस्या र सत्तारुढ दलको किचलोमा अल्झिएको मौका छोपेर बिमानस्थल भित्रका खासगरी अध्यागमनका केहि कर्मचारीले सेटिङमा लूट मत्ताएका छन् । सम्वद्ध सूत्रका अनुसार गत भदौदेखि अहिलेसम्म यूएईमा भिजिट भिलाना जाने नेपालीको संख्या दसौ हजार पुगेको छ । दसैं र तिहारको बेला अझ बढि सेटिङमा यो धन्दा मिलाएको थियो । यसैबीच वैदेशिक रोजगार विभागले आकर्षक रोजगारीको प्रलोभनमा भिजिट भिसामा संयुक्त अरव ईमिरेट्स (युएई) लगायतका विभिन्न मुलुकमा नजान आग्रह गरेको छ ।
म्यानपावर कम्पनीबाट जाँदा ढिलो हुने र आकर्षक सेवा सुविधाको रोजगारी समेत नपाइने प्रलोभनमा परेर ट्राभल एजेन्सी, म्यानपावर कम्पनीको आवरणमा रहेका व्यक्ति र केही संस्थाहरुले नै भिजिट भिसामा कामदार पठाइरहेको सार्वजनिक भईरहेको बेला विभागले सचेत गराएको हो । विभागले प्रलोभनमा परेर जाँदा दीर्घकालीन समस्यामा पर्न सक्ने भन्दै सचेत हुन पनि विशेष
आग्रह गरेको छ ।
विभागले विज्ञप्ति जारी गर्दै गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरीगएकाहरु नेपालमा भनिए अनुसारको तलव सुविधा नपाएर ठगिने क्रम शुरु भइसकेको भन्दै उद्धारका उजुरीहरु विभागमा प्राप्त हुन थालेको पनि जनाएको छ । विभागले अवैधानिक रुपमा काममा लागि भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, सुविधा तथा शर्तका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ अनुरूपको नहुने भन्दै विभागले त्यसरी गएका व्यक्तिलाई कुनै समस्या आइपरेमा त्यसको जिम्मेवार सम्वन्धित व्यक्ति स्वयं
हुने पनि प्रष्ट पारेको छ ।
युएईमा यस अगाडी देखि नै आकर्षक रोजगारीको प्रलोभनमा पारेर कयौं व्यक्तिलाई लैजाने र अलपत्र पार्ने गरिएको छ । त्यसमा
त्रिभुवन विमानस्थल कर्मचारीले सेटिङमा पठाएको समेत सार्वजनिक भएको छ । बुधबार आयोजित एक कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगारका क्रममा युरोपका देशको नाममा ठुलो चलखेल भएको भन्दै अवस्था चिन्ताजनक भएको टिप्पणी गरेका थिए । कोभिडपछि युरोप माग बढेको तर नियमनको अभावमा त्यो नेपाली बेरोजगार युवाको लागि ठगीको पासो बन्नसक्ने उनको चिन्ता छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ मानव तस्करीको मूल कारण वेरोजगारी रहे पनि सरकारी निकायहरू नै सेटिङमा कामदार पठाउने धन्दामा रहेको भन्दै समयमा मागपत्र प्रमाणीकरण गरेर वैधानिक मार्ग खुला गर्न सके भिजिट भिसाको समस्या रोक्न सकिने बताएका छन् । मागपत्र प्रमाणीकरण निर्देशिका बनाउदा बढी छलफल भएको भए तेस्रो पक्ष
प्रवेश गरेर आफ्नो हितमा दुरुपयोग गर्ने अवस्था नआउने तर मागपत्र प्रमाणिकरणलाई व्यवस्थापन गर्न नसक्दा समस्या रहेको महासचिव श्रेष्ठको भनाइ छ ।
हाल ६ हजार भन्दा बढि युवायुवतीलाई युएईमा पुर्याइएको भन्दै उनले त्यसको जवाफ सरकारले दिनुपर्ने माग पनि गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies