२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

himalayanlife
२०८१ चैत २२ गते ११:१४
Shares
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर : प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्ब ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी रु चार करोड २६ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १३ करोड १७ लाख १२ हजार, चामल रु चार करोड ९७ लाख, ताजा तरकारी रु २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफूल रु २६ करोड ३७ लाख, लसुन रु ६२ करोड ४६ लाख, आलु रु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर