२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

Nada
२०८१ चैत २२ गते १९:३६
Shares
रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उच्च अदालतले रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।

ncell

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर