२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बिजयपुर स्वास्थ्य चौकीको बर्थिङ सेन्टर भवन शिलान्यास

Nada
कृष्ण तिवारी
२०८१ चैत २२ गते २१:०९
Shares
बिजयपुर स्वास्थ्य चौकीको बर्थिङ सेन्टर भवन शिलान्यास

अर्घाखाँची : रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिजयपुरमा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको ८ कोठे १ तले भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

ncell

फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक  नगर प्रमुख अम्बेया खातुनले भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खातुनले जनताको घरघरमै सेवा पुर्‍याउन बिजयपुरमा  नयाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताइन् । संघीय गणतन्त्रको मर्म र भावना अनुसार नगरपालिकाले एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ थियो ।  

कार्यवाहक नगर प्रमुख खातुनले वडामा रहेका पुराना स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको ठाउँमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य नगरले विगतदेखि नै गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा वडाध्यक्ष राकेश यादवले विधिवत् पूजा गरी शिलान्यासमा सहयोग गर्दै  स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गरे ।

२६लाखको लागतमा ८ कोठे भवन आगामी असार महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने र स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्यीय हल, ८ वटा कोठा रहने उपभोक्ता समितिका अध्यक्ष तैयव अन्सारीले बताए ।  

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसको नेता रमेश खरेल बिधायक प्रत्यासी मोहम्मद सेराज, महाअधिवेशन प्रतिनिधि ज्ञानेन्द्र यादव, अच्युत मैनाली, पूर्व वडाध्यक्ष उमा शंकर जयसवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र साह, जिन्सी शाखा प्रमुख हरेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख रमेशकुमार यादव लगायतको उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर