२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

himalayanlife
२०८१ चैत २४ गते १२:३५
Shares
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

विगत पाँच दिनदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । 

‘नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासंघबीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा.कोइरालाले सामाजिक संजालमार्फत भनेका छन् ।

महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । 
 

सम्बन्धित खबर