काठमाडौं : कुलमान घिसिङका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौंको माइतीघर मण्डलामा कुलमानका पक्षधरहरुले प्रदर्शन गरेका हुन् । कुलमानका समर्थकहरुले 'देशको शान कुलमान घिसिङ', 'कुलमान हाम्रो शान हो, देश र जनताको मान हो', 'पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ', 'उज्यालो नेपालका नायक कुलमान घिसिङ' जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
सरकारले गत चैत ११ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।