२०८१ चैत २६ गते मङ्गलवार / Apr 08 , 2025 , Tuesday
२०८१ चैत २६ गते मङ्गलवार
Ads

गण्डकी प्रदेश भलिबल टिमका पूर्वकप्तान पाण्डे कतारमा सम्मानित

draupadi film
मध्यान्ह
२०८१ चैत २४ गते २०:२९
गण्डकी प्रदेश भलिबल टिमका पूर्वकप्तान पाण्डे कतारमा सम्मानित

दोहा, कतार : गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) कतारमा सम्मानित भएका छन् । पर्वत समाज कतारले आयोजना गरेको भलिबल प्रतियोगितामा सहभागी हुन कतार आएका स्याङ्जा जिल्ला निवासी पाण्डेलाई गण्डकी प्रदेश समन्वय परिषद् कतारले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

नेपालको राष्ट्रिय खेल भलिबलमा लामो समय खर्चिएका पाण्डेलाई शनिबार साँझ परिषद्ले खादा, मायाको चिनो सहित सम्मान पत्रले सम्मान गरेको हो । सम्मान ग्रहण पश्चात् बोल्दै पाण्डेले जीवनका तीता अनुभव सुनाए । कहीँकतैबाट सेवा सुविधा ग्रहण नगरी गण्डकीको भलिबलको श्रीवृद्धिका लागि योगदान गरे पनि प्रदेश सरकारले उपेक्षा गरेपछि आफूले कप्तानीबाट राजीनामा दिएको उनले बताए । ‘परिवार न्यून आए भएको र आफन्त पनि देश विदेशमा धेरै नभएको हुँदा फराकिलो साथ पाउँदिन,’ पाण्डेले पीडाको पोको खोले ।

परिषद्का अध्यक्ष अजय विकको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कतारमा रहेका परिषद् मातहतका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूसहित विभिन्न व्यक्तित्वहरूले खेलाडी पाण्डेको खेल जगतको योगदान उपर चर्चा गरेका थिए ।

परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालको स्वागत र महासचिव मनप्रसाद राना मगरको सहजीकरणमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले भलिबल क्षेत्रको विकासका लागि गण्डकीवासी एक हुन आवश्यक रहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise