२०८१ चैत २६ गते मङ्गलवार / Apr 08 , 2025 , Tuesday
२०८१ चैत २६ गते मङ्गलवार
Ads

लमजुङ समाज युकेको अध्यक्षमा पूर्ण गुरुङ निर्विरोध

draupadi film
मध्यान्ह
२०८१ चैत २४ गते २०:४१
लमजुङ समाज युकेको अध्यक्षमा पूर्ण गुरुङ निर्विरोध

लन्डन : लमजुङ समाज युकेको अध्यक्षमा पूर्णराज गुरुङ र आमा समूहको अध्यक्षमा तारा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्ट एन्ड कक्टेल बारमा भएको लमजुङ समाज युकेको १८औं वार्षिक साधारणसभा तथा ७औं महाधिवेशनबाट पूर्णराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रम संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, अध्यक्ष दलबहादुर गुरुङ र आमा समूह अध्यक्ष माला घलेले बत्ती बालेर उद्घाटन गरेका थिए । 

साधारणसभाले लमजुङ समाज युकेको सातौं कार्यसमिति सबै निर्विरोध चयन भएको घोषणा गरिएको थियो । नयाँ कार्यसमिति अध्यक्षमा पूर्णराज, उपाध्यक्षमा परशु गुरुङ, कुमार गुरुङ र माला घले, महाचिवमा कृष्णराज गुरुङ, सहसचिवमा अनुप गुरुङ र कोषाध्यक्षमा उमरजंग गुरुङ र सहकोषाध्यक्षमा गणेश गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी आमा समूह अध्यक्षमा तारा गुरुङ, उपाध्यक्षमा लक्ष्मी गुरुङ र सचिवमा मनिता गुरुङ चयन भएका छन् । निर्वाचन समितिको प्रमुख आयुक्तमा समाजका पूर्वअध्यक्ष विश्वजंग गुरुङ रहेका थिए । कार्यक्रम सञ्चालन महासचिव कुमार गुरुङले गरेका थिए ।

अधिवेशनबाट नवनिर्वाचित पूर्णराज गुरुङले आफू र आफ्नो टिमलाई निर्विरोध चयन गरेकोमा सबैलाई धन्यवाद दिँदै सबैको सल्लाह, सुझावअनुसार समाजलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राष्ट्रिय समाचार समितिका बोड डाइरेक्टर कृष्ण अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै अन्त्यमा अध्यक्ष दलबहादुर गुरुङले अधिवेशन सफल भएकोमा सबै सहभागीलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई बधाइ अनि आफू नेतृत्वको कार्यसमितिलाई सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise