२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कपिलवस्तुमा शहीद स्मृति प्रतिष्ठानको भवन शिलान्यास

Nada
शहबाज खान
२०८१ चैत २४ गते २१:२३
Shares
कपिलवस्तुमा शहीद स्मृति प्रतिष्ठानको भवन शिलान्यास

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–३ स्थित चौबीस हजार चोकमा निर्माण हुन लागेको शहीद स्मृति प्रतिष्ठानको भवन भव्य समारोहकाबीच शिलान्यास गरिएको छ । 

ncell

प्रतिष्ठानका अध्यक्ष रुदलाल बनजाडेको अध्यक्षता तथा ८८रविन्द्र कुमार ठाकुर (रवि)८८को सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं पूर्व कृषि तथा पशुपालन मन्त्री चक्रपाणी खनाल (बलदेव) प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कपिलवस्तु नगरप्रमुख सुदीप पौडेल, पूर्वमन्त्री सुस्मा यादव, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान खानलगायतको उपस्थिति रहेको थियो । 

शिलान्यासको उद्घाटन पूर्वमन्त्री खनाल र नगरप्रमुख पौडेलले संयुक्त रूपमा गरेका थिए । प्रतिष्ठानका प्रतिनिधि रत्नाकर शुक्लले स्वागत मन्तव्य राख्दै निर्माण हुन लागेको पाँच तले भवनमा अजिगरा धनही घटना, १० वर्षे जनयुद्ध, मधेश आन्दोलनलगायत अधिकारवादी आन्दोलनहरूबारे अनुसन्धानात्मक सामग्री, डकुमेन्ट्री, फोटोसहितको संग्रहालय निर्माण गरिने जानकारी दिए । 

साथै शहीदहरूको सम्झनामा शालिक, शहीद परिवारहरूको व्यवस्थापन, तथा राजनीतिक रोजगारी प्रवद्र्धन पनि प्रमुख उद्देश्य रहेको उनले बताए । 

प्रमुख अतिथि खनालले यो भवनले इतिहासको संरक्षण र भावी पुस्तालाई सचेत गराउने सशक्त माध्यम बन्ने उल्लेख गर्दै यसको सफल निर्माणमा पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे । 

नगरप्रमुख पौडेलले भवनको निर्माण कार्य शीघ्र सम्पन्न गरी प्रतिष्ठानका उद्देश्य अनुरूप काम अघि बढ्ने विश्वास व्यक्त गरे । अन्त्यमा अध्यक्ष बनजाडेले जग्गा, आर्थिक र भौतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, प्रतिष्ठानका लक्ष्यहरू प्राप्त गर्न प्रतिबद्ध भएर अघि बढ्ने घोषणा गर्दै कार्यक्रम समापन गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर