२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुले गरे प्रदर्शन

shivam cement
मध्यान्ह
२०८१ चैत २५ गते १५:०१
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुले गरे प्रदर्शन

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म पुगेर प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन । 

उनीहरुले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’, ‘पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर’ लगायतका नारा लगाएका थिए ।

साथै उनीहरुले ‘सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्ने विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन्’ लेखेका प्लेकार्ड पनि बोकेका थिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise