२०८१ चैत २६ गते मङ्गलवार / Apr 08 , 2025 , Tuesday
२०८१ चैत २६ गते मङ्गलवार
Ads

साउदी अरबले १४ देशका नागरिकलाई लगायो हज भिसामा प्रतिबन्ध

draupadi film
तिलु शर्मा पौडेल
२०८१ चैत २५ गते २२:३०
साउदी अरबले १४ देशका नागरिकलाई लगायो हज भिसामा प्रतिबन्ध

दोहा कतार : मध्यपूर्वको सबै भन्दा ठूलो देश साउदी अरबले भारत, पाकिस्तान, बंगलादेशसहित १४ देशका नागरिकहरूलाई केही समय हज भिसामा प्रतिबन्ध लगाएको छ । २०२५ को हज यात्रालाई लक्षित गर्दै साउदीले अल्जेरिया, बंगलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरोक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमनलाई जुन महिनाको मध्यसम्मका लागि प्रतिबन्ध लगाएको हो । 

साउदी अधिकारीहरूका अनुसार यही अप्रिल १३, २०२५ सम्म मात्र उमरा भिसा प्रदान गरिने र त्यसपछि नयाँ भिसा सूचीमा रहेका देशका नागरिकहरूलाई हज सकिएपछि मात्र जारी गरिने छ ।  सरकारको यो निर्णय हजमा हुने अत्यधिक भीड व्यवस्थापन तथा सुरक्षालाई ध्यानमा राखेर लिइएको छ । नेपालबाट बर्सेनी हजारौं इस्लामिक धर्मावलम्बीहरू हजका लागि साउदी पुग्ने गरेका छन्  । 

विगतका वर्षहरुमा साउदीमा हजका क्रममा हजारौंको मृत्यु हुने गरेको थियो । मुस्लिम धर्ममा पाँच वटा महत्वपूर्ण धार्मिक कार्यमा (आस्था, विश्वास), नमाज (प्रार्थना) रोजा (बैत) जकात (दान) र हज (तीर्थयात्रा) पर्दछन् । हजयात्रीले साउदीको मक्कामा ३० दिन र मदिना १० दिन धार्मिक यात्रा गर्नुपर्दछ ।
 

ADV

सम्बन्धित खबर

Advertise