२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

रवीन्द्र र धवलसहित २० जनाविरुद्ध १५ दिन म्याद थप

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते १६:०७
रवीन्द्र र धवलसहित २० जनाविरुद्ध १५ दिन म्याद थप

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।

यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

उनीहरूले चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise