२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्दै डोल्पाका स्थानीय तह

draupadi film
पुर्ण कुमार
२०८१ चैत २६ गते २१:०२
पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्दै डोल्पाका स्थानीय तह

डोल्पा : हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका आफ्नै प्रशासकीय भवनबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेको छ । मंगलबारदेखि डोल्पाको जगदुल्ला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाको विशेष अनुरोधमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नागरिकको सहजताको लागि पालिकाबाटै सेवा प्रवाहको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । प्रजिअ महतका अनुसार नेपाल सरकारले गत साउनदेखि सामाजिक सुरक्षाभत्ता, बैंक खाता खोल्न, उपभोक्ता समिति बन्न र अन्य विभिन्न सेवा प्राप्तिको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पालिकाको आर्थिक सहयोगमा पालिका स्तरमै पुगेर यो सेवा दिन थालिएको हो । जगदुल्ला गाउँपालिकामा पहिलो दिनमै ३४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सन्तोष बोहोराले प्रत्येक वडालाई पाँच दिनको अवधी दिएर सेवा प्रदान गरिने र पहिलो दिनममा २० पुरुष, १४ महिला गरेर ३४ जनाले परिचयपत्र लिएको जानकारी दिए ।

सदरमुकाम दुनैदेखि झण्डै ४५किलोमिटरको दुरीमा रहेको जगदुल्ला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण र दर्ताको लागि चाहिने इन्टरनेट र चाहिने उपकरणका साथै प्राविधिक खर्च गाउँपालिकाले व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र ऐडीले बताए । पछिल्लो समय अनिवार्य गरिएको यो परिचयपत्र प्राप्तिमा नागरिकको लागि महंगो र झन्झटिलो भएकाले सहज रुपले घरआँगनमै सेवा प्राप्त गर्न सकुन् भनेर गाउँपालिका केन्द्रबाटै राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको ब्यवस्था मिलाइएको पालिका अध्यक्ष नारासिं रोकायाले बताए । 

प्रशासनको विशेष पहलमा र गाउँपालिकाको आर्थिक व्यवस्थापनमा जिल्लामै पहिलोपटक मुड्केचुलागाउँपालिकाका नागरिकले पनि पालिकादेखि नै राष्ट्रिय परिचयपत्र  प्राप्त गरेका थिए ।

९ वडा रहेको मुड्केचुला गाउँपालिकामा अहिले पनि यो सेवा नियमित रुपमा जारी छ । ६ वडा मात्र रहेको जगदुल्लागाउँपालिकामा मंगलबारबाट यो सेवा शुरु भएको र यसपछि काइके गाउँपालिकाको केन्द्रबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरी तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise