२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

जलवायु परिवर्तनको असर हिमालमा

draupadi film
मध्यान्ह
२०८१ चैत २७ गते १२:४०
जलवायु परिवर्तनको असर हिमालमा

डोल्पा : जलवायु परिवर्तनको असर विगत केही वर्षदेखि निरन्तररूपमा हिमाली क्षेत्रमा देखिन थालेको छ । परिवर्तित मौसम र जलवायु परिवर्तनले गर्दा माथिल्लो डोल्पाका उच्च हिमालहरू हिउँविहीन भएका छन् ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित चर्चित काञ्जिरोवा हिमाल ६ हजार ८ सय ८३ मिटरमा उचाईमा छ । सधैं हिउँले ढाकिएर सेताम्मे हुने यस हिमालमा अहिले पहिलेको तुलनामा २० प्रतिशत पनि हिउँ नरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि बाह्रैमहिना हिउँले ढाकिने क्षेत्र हो । यहाँ ६ हजार मिटर अग्ला धौलागिरि, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत पर्छन् । तर यस वर्ष चैत महिना सकिन लाग्दासमेत प्रशस्त हिउँ नपर्दा हिमालहरू कालो पहाडमा परिणत भइरहेका छन् ।

माथिल्लो डोल्पाका जनसमुदायको मुख्य जीविकोपार्जन पशुपालन तथा मौसमी खेती भए पनि विगत केही दशकदेखि यार्सागुम्बु पनि मुख्य आयस्रोत बनेको छ । तर यो वर्ष थोरै मात्रामा मात्रै हिउँ परेकाले स्थानीयहरू चिन्तित छन् ।

तस्बिर : डोल्पो वाग्चेन

ADV

सम्बन्धित खबर

Advertise