२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने

himalayanlife
२०८१ चैत २७ गते १५:०३
Shares
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने

काठमाडौं : राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीबार समितिले पुरातत्व विभागको भ्रमण गर्ने जानकारी दिए । बिहीबार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरुसँग छलफल गरिने दाहालले जानकारी दिए ।

बैठकले समितिको वार्षिक कार्यतालिकाको समेत समीक्षा गरेको छ । समीक्षामा सहभागि सांसदहरुले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरु अभिलेखको रुपमा नराखिएको समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित खबर