२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

नेपालले करिब २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै

draupadi film
मध्यान्ह
२०८१ चैत २७ गते १७:२७
नेपालले करिब २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै

काठमाडौं : सरकारले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बुधबार नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो ।

त्यसका लागि आज राति नेपाली प्रतिनिधिमण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताइन् ।

म्यानमारमा गत शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूची माग गरेको थियो ।

म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको मन्त्री डा राणाले बताइन् ।

यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने मन्त्री डा राणाले जानकारी दिइन् । 

हस्तान्तरण गरिने सामग्रीहरुको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु पठाउने उनले जानकारी दिए । अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाइने बताए ।

प्रवक्ता बुढाथोकीले निजी संघसंस्थाको सहयोगका साथै सरकारसँग मौज्दात सामग्रीहरु समावेश गरेर राहत सामग्री पठाउन लागिएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise