२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कृष्णनगरमा मनाइयो विद्युतीय सुरक्षा दिवस

Nada
शहबाज खान
२०८१ चैत २७ गते २०:१०
Shares
कृष्णनगरमा मनाइयो विद्युतीय सुरक्षा दिवस

कपिलवस्तु : विद्युतीय सुरक्षा दिवस २०८१ को अवसरमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरले विशेष जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। कार्यालय प्रमुख शुशील पौडेलको नेतृत्वमा आयोजित सो कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगर, इलाका प्रहरी कार्यालय कृष्णानगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

ncell

प्रभातफेरी क्रममा सहभागीहरूले 'विद्युत सुरक्षा, हाम्रो जिम्मेवारी', 'सजग नागरिक, सुरक्षित जीवन'लगायतका नारा लगाउँदै कृष्णानगर नगर क्षेत्रमा जनचेतनामूलक सन्देश फैलाएका थिए ।

कार्यक्रमको उद्देश्य नागरिकलाई विद्युतीय सुरक्षासम्बन्धी जानकारी प्रदान गर्दै दैनिक जीवनमा हुने दुर्घटनाबाट जोगाउने उपायहरूबारे सजग बनाउनु रहेको थियो । आयोजनाले विद्युतको सुरक्षित प्रयोग र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन प्रेरणा दिने विश्वास लिइएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रत्येक वर्ष विद्युत सुरक्षा दिवसलाई जागरणको अवसरका रूपमा लिँदै आइरहेको छ । यस वर्षको दिवसले पनि जनमानसमा चेतनाको उज्यालो फैलाएको सहभागीहरूको भनाइ छ ।

सम्बन्धित खबर