२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

draupadi film
मध्यान्ह
२०८१ चैत २८ गते १०:२७
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ : बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छन् । 

ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गरेको ब्रसेल्सस्थित नेपालको राजदूतावासले जनाएको छ । 

त्यस अवसरमा नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचार विमर्श भएको थियो ।

सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै मौसूफले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र नेपालबीचको सम्बन्ध अझ समृद्ध हुने विश्वास व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise