२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

आज महावीर जैनको २६२४ औँ जन्म जयन्ती मनाइँदै

draupadi film
मध्यान्ह
२०८१ चैत २८ गते १०:५१
आज महावीर जैनको २६२४ औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ : सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्म जयन्ती मनाइँदै छ । विशेष गरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदै छन् । 

इसा पूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेको जैन ग्रन्थमा उल्लेख छ । 

अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरूलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उनले शिक्षा दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise