काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसीको टी–२० क्रिकेटमा फेरि अर्को विश्व कीर्तिमान बनाएका छन् । हङकङमा जारी चार देशीय टी–२० आई श्रृंखलामा कुवेतविरुद्ध उनले सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
योसँगै उनले लगातार ६६ वटा टी–२० आईमा डकआउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।
यसअघि यो रेकर्ड वेष्टइन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा थियो । उनी लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।
आजको खेलमा उनले मात्र १२ बलमा ३१ रन बनाउँदै नेपालको जित पक्का गरेका थिए ।
सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड पनि दीपेन्द्रकै नाममा छ । उनले मात्र ९ बलमा मंगोलियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनको यो रेकर्ड भने बराबरी मात्र गर्न सकिन्छ ।
त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हानेर कीर्तिमान कायम गर्ने खेलाडीमध्ये दीपेन्द्र पनि एक हुन् ।