काठमाडौं : ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठले आफ्नो स्व. बुबाको सम्झनामा सो पुरस्कार स्थापना गरेकी हुन् ।
हरेक वर्ष नेपाल पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूमध्ये उत्कृष्ट एक जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिने नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज बिद्रोहीले जानकारी दिए ।
यसै वर्षबाट प्रदान गरिने उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको अध्यक्ष बिद्रोहीले बताए ।
लमजुङ, चिती निवासी स्व. गौरीनारायण श्रेष्ठको गत वर्ष फागुन २ गते ८० बर्षको उमेरमा निधन भएको हो ।