२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बागमती प्रदेश नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा

Nada
२०८१ चैत ३० गते ११:४१
Shares
बागमती प्रदेश नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा

नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताएका छन् ।

ncell

नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा शुक्रबारदेखि सुरु भएको ‘जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नदी र खोलाको बहावको कारण क्षति पुगेका तथा बगर बनेका भूमिको संरक्षण गरेर किसानलाई न्याय दिन लागिएको बताए। 

बागमती प्रदेशभित्रका केही जिल्लामा नमूना योजनाको रूपमा यो वर्षदेखि सुरु गर्न लागिएको यस योजनाको लागि रू ३० करोड बजेट उपलब्ध गराइएको उनले जानकारी दिए ।  

“प्रदेशभित्रका नदी र खोलाले प्रभावित बनाएका जिल्लामा एकैसाथ कार्यक्रम सञ्चालनको योजना बनाए पनि समपूरक अन्तरगत माग गरिएअनुसार केन्द्र सरकारबाट बजेट नपाएकाले सीमित स्रोतले नमूना योजनाको रूपमा सुरु गर्न लागिएको छ ।” 

उनले भने, “नुवाकोटको ताँदी र लिखु खोलाको कटान नियन्त्रण गर्दै क्षति पुगेका र बगरमा परिणत भएका जग्गा संरक्षण गरेर पीडित बनेका किसानलाई राहत दिनेछौँ ।” नुवाकोटमा नमूनाको रूपमा सुरु हुने उक्त कार्यक्रमले यहाँको लिखु र ताँदी खोलाले क्षति पुर्‍याएकामध्ये २८ हजार रोपनी जग्गाको संरक्षण गरिने लक्ष्य छ ।

खोला र नदी किनारको जग्गा उर्भरयुक्त भूमि हुने र उक्त स्थानमा सिँचाइ सहितको सरल सुविधाले कृषि उब्जनी वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रको विकास, पूर्वाधारको निर्माण र नयाँ खेलाडी उत्पादनको लागि अवसरको रूपमा लिनुपर्ने बताए । 

नुवाकोटका बाह्र स्थानीय तहको सहभागितामा ऐतिहासिक पर्यटकीय क्षेत्र घ्याङस्वारमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आगामी सोमबारसम्म चल्ने आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।  

सम्बन्धित खबर