२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

draupadi film
मध्यान्ह
२०८१ चैत ३० गते १३:४०
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन : भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो ।

उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ ।”
    
अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ ।
 
अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए । प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा  रोक लगाइएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise