२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

एनएसएल २०२५ : पोखरा र झापाले अंक बाँडे

draupadi film
मध्यान्ह
२०८१ चैत ३० गते १८:०८
एनएसएल २०२५ : पोखरा र झापाले अंक बाँडे

काठमाडौं  : नेपाल सुपर लिग (एनएसएल) २०२५ मा झापा एफसीले लगातार चौथो बराबरी खेलेको छ । शनिबार भएको खेलमा झापाले पोखरा थण्डर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

बराबरीपछि पोखरा ५ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । काठमाडौं समान अंक भए पनि पोखरा गोलअन्तरमा अघि रहेको हो । यस्तै, झापा ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । स्टेफेन सिमर विनोङले ५२औं मिनेटमा गोल गर्दै पोखरालाई पहिले अग्रता दिलाएको थियो । तर त्यसलाई कायम राख्न सकेन ।

झापाका लागि लाजार अर्सिकले ६५औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि भने दुवै गोल टिमले गोल थप्न नसक्दा बराबरीमा चित्त बुझाए ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise