२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

जुम्ला प्रहरीले लिने निवेदन र जाहेरी दरखास्तको ढाँचा सार्वजनिक

draupadi film
दिलमाया शाही
२०८१ चैत ३० गते २१:१४
जुम्ला प्रहरीले लिने निवेदन र जाहेरी दरखास्तको ढाँचा सार्वजनिक

जुम्ला : जुम्ला प्रहरीले लिने निवेदन तथा जाहेरी दरखास्तको ढाँचा सार्वजनिक गरेको छ ।   प्रहरी नायब उपरीक्षक  छेदीलाल कामतीले जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने पीडित व्यक्तिहरूको सेवा सहजता ल्याउनका लागि निवेदन र जाहेरी दरखास्तको ढाँचा सार्वजनिक  गरेका हुन् । 

उनका अनुसार यसअघि प्रहरीमा आउने सेवा ग्राहीले लेखन दासहरुसँग शुल्क तिरेर निवेदन लेख्नुपर्ने बाध्यता थियो । प्रहरी नायव उपरीक्षक कामतीका अनुसार निवेदन लेख्नका लागि कुनै शुल्क तिर्नुपर्ने अवस्था हुँदैन । यस कार्यले स्थानीय समुदायमा सकारात्मक प्रतिक्रिया ल्याएको छ, जसले गर्दा पीडित व्यक्तिहरूलाई  प्रहरीबाट  दिइने न्याय प्राप्त गर्न छिटो सजिलो हुनेछ । 

यसअघि प्रहरीले लिने निवेदन तथा जाहेरीको ढाँचा हुँदा कानुन व्यवसायीसँग लेखाउनुपर्ने बाध्यता थियो । जहाँ साक्षरता र कानुनी प्रक्रियाबारे जानकारीको अभावले गर्दा धेरैजसोले निवेदन लेखाउन अरूको सहायता लिँदा पैसा खर्च गर्नु परिरहेको थियो ।

यस समस्यालाई मध्येनजर गर्दै सेवाग्राहीका लागि जुम्ला प्रहरीले सबै प्रहरी चौकी तथा युनिटहरुमा प्रहरीले आफ्नै ढाँचामा तयार पारिएको निवेदनको फर्मेट र नमुना उपलब्ध गराउने भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय जुम्लाले पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको ढाँचामा सेवाग्राहीको पहुँच हुने र  सबैले एउटै ढाँचामा निवेदन लेख्न सक्ने छन् भने यसले गर्दा निवेदन लेख्न अरूलाई पैसा तिर्न नपर्ने र दोस्रो व्यक्तिको सहयोग बिना सेवा पाउनेछन् ।

त्यस्तै डीएसपी कामतीले जाहेरी दरखास्तको ढाँचा सार्वजनिक  गर्ने काम जनमैत्री प्रहरी प्रशासनतर्फको राम्रो महत्वपूर्ण रहेको बताए । यसले विशेषगरी ग्रामीण क्षेत्रका पीडितहरूलाई  जाहेरी दिन सजिलो बनाउने उनको भनाइ छ । 

प्रहरीले आफुले सार्वजनिक गरेको निवेदन तथा जाहेरी दरखास्ताको ढाँचाले प्रहरीले दिने सेवाको प्रक्रिया पारदर्शी बन्ने र पीडितले आफूले भोगेको पीडा स्पष्ट रूपमा लेख्न सक्ने दाबी गरे । 


 

ADV

सम्बन्धित खबर

Advertise