२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

श्री कालिकादेवी माध्यमिक विद्यालयको पूर्व विद्यार्थी भेटघाट तथा तदर्थ समिति गठन कार्यक्रम सम्पन्न

draupadi film
मध्यान्ह
२०८१ चैत ३० गते २१:४८
श्री कालिकादेवी माध्यमिक विद्यालयको पूर्व विद्यार्थी भेटघाट तथा तदर्थ समिति गठन कार्यक्रम सम्पन्न

काठमाडौं : थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनस्थित श्री कालिकादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भेटघाट तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान र पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं सुकेधारास्थित युनिभर्सल क्याफेमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाको अध्यक्षतामा भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष राईले सामुदायिक विद्यालयमा हुने शिक्षण सिकाइ उपलब्धिमा गुणात्मक फड्को मार्नुपर्नेमा जोड दिएका थिए । उनले सामुदायिक विद्यालयको विकासका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । थुलुङ दुधकोशी गाउँपालिकालाई शिक्षण क्षेत्रमा जिल्लाकै उत्कृष्ट बनाउँदै देशभरमै प्रतिस्पर्धात्मक बनाउने लक्ष्य रहेको पनि उनले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले गुणस्तर शिक्षाका निम्ति पूर्व विद्यार्थी समाजले शैक्षिक क्षेत्रमा आवश्यक सल्लाह दिँदै आफूले सकेको आर्थिक सहयोग संकलन गरी पूर्व विद्यार्थी समाजको एक अक्षयकोष स्थापना गर्ने बताए । सो अक्षयकोषको व्याजबाट विद्यालयमा शैक्षिक उन्नयनका लागि लगानी गरेर विद्यालयलाई देशभरमै उत्कृष्ट बनाउने बताए ।

सो अवसरमा वेदराज थापाको अध्यक्षतामा पूर्वविद्यार्थी समाजको तदर्थ समिति पनि गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा कुबेर ढुंगाना, सचिवमा प्रवेश राई र कोषाध्यक्ष सावित्रा घिमिरे चयन भएका छन् । यो समितिको मुख्य उद्देश्य विद्यालयका लागि शैक्षिक, भौतिक र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश राईले कार्यक्रमका बारेमा प्रकाश  पारेका थिए । कार्यक्रमलाई सफल पार्न योगदान पुर्‍याउने वडाध्यक्ष इन्द्रमणि दाहाल, वडा सदस्य टिकाध्वज राई, शिक्षक अभिभावक संघका अध्यक्ष केशवप्रसाद कोइरालासहित सम्पूर्णलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोइरालाले धन्यवाद ज्ञापन गरेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise