२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

आज चारदेशीय टी-२० सिरिजको उपाधिका लागि कुवेतसँग नेपाल खेल्दै

shivam cement
२०८१ चैत ३१ गते ०७:४२
Shares
आज चारदेशीय टी-२० सिरिजको उपाधिका लागि कुवेतसँग नेपाल खेल्दै

काठमाडौँ : हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आइतबार नेपालले कुवेतसँग खेल्दै छ ।

हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे फाइनल खेल हुनेछ । हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो ।

लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो ।

नेपाली टिममा नेपाली टोली रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन्।

ताजा खबर

सम्बन्धित खबर