२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १३:०१
कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं : हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

कुवेतका लागि रविजा सन्दारुवानले सर्वाधिक ६३ रनको योगदान दिए । ३६ बलको सामना गरेका रविजाले ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३ र मिट भावसरले १६ रन जोड्दा  कप्तान मोहम्मद असलमले १३ रनमा अविजित रहे ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा कुशल भुर्तेल र करण केसीले समान १-१ विकेट लिए । 

ADV

सम्बन्धित खबर

Advertise